लकडाउनमा त्यसै लुडो खेलेर समय खेर फालिरहनुभएको छ? यस्ता छन् लकडाउनको बेला पनि पैसा कमाउने तरिकाहरु आफ्नो समयको सदुपयोग गर्नुहोस्। :-
बिश्वभर माहामरिको रुप लिएको कोरोना भाईरसले नेपालमा पनि निकै कठिनाई ल्याएको छ। कोरोनाकै कारणले गर्दा धेरैको कम्पनी घाटा मा गैरहेको छ र यसले निकट भबिश्यमा धेरै को जागिर सम्म जाने स्थिथी रहन्छ। कोरोनालाई दोष दिदै अहिले मनोरन्जन मात्र गर्दै आफ्नो अमुल्य समय खेर फाल्दै हुनुहुन्छ भने तपाईं पछी अरुभन्दा निकै पछाडि पर्नुहुनेछ। यो लकडाउनमा के तपाईंलाई दिन काट्न समस्या परीरहेको छ? धेरै मानिसहरु यो बेलालाई लुडोखेलेर , फ्लिम हेरेर ब्यर्थ फाली रहेका छन। आज म तपाईंहरुलाई यस लकडाउनकाे बेला पनि सिर्जनशिल बनेर पैसा कमाउने उपाय भन्न गैरहेको छु। १) Youtube भिडियो बनाउनुस्। Youtube पैसा कमाउन को लागि निकै नै सजिलो र भरपर्दो मध्यम हो। धेरै नेपालीहरुले पनि युट्युबबाट मनग्य आम्दानी गरिरहेका छन। यसबाट पैसा कमाएर निकाल्न निकै सजिलो हुन्छ। यदी तपाईंलाई केही कुरामा बिशेष रुची छ भने तपाईंले त्यसै को भिडियो युट्युब मा हालेर पैसा कमाउन सकिन्छ। उदाहरणको लागि तपाईंलाई राम्रो खाना बनाउन आउछ भने खाना पकाउने recipe को भिडियो हल्दिनुस्, तपाईंलाई गित गाउन आउछ भने गीत गाएर भिडियो हल...